बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम ढाका प्रस्थान

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ। २५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो।

ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यस अघि नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।

खेलाडी : अजित भण्डारी,अन्जन विष्ट, अरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना ,विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्जप्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = fifteen