आईपिएलबाट बाहिरिएपछि फ्लप कप्तान किङ कोहलीले बनाए यस्तो बाहना, सबै चकित

एजेन्सी : सनराइजर्स हैदराबाद आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो

खेल पछि बेङ्लोरका कप्तानले कोहलीले भने, “यदि तपाईं पहिलो इनिंगको बारेमा कुरा गर्नुहुन्छ भने मलाई लाग्दैन कि हामी पर्याप्त रन बनायौ।” हामी थोरै मार्जिनबाट हर्यौ यदि हामीले केन (विलियमसन) को विकेट लिन सकेको भए नतिजा फरक हुन सक्थ्यो । कुल मिलाए उनिहरुका बलरले राम्रो बलिङ गरे ।”

विराट कोहलीले उपाधि नजितेपनि उनले प्रशंसकहरूबाट पाएको प्रेमका लागि धन्यवाद दिएका छन्। विराट कोहलीले भने, “प्रशंसकहरुको समर्थकले हामीलाई बलियो बनाउँछ। म तपाईको प्रेमको लागि धन्यवाद दिन्छु। हामी चाहन्छौं कि हामी फेरि छिट्टै भेटौंला।”

राम्रो कप्तानले जस्तै विराट कोहलीले हार भए पनि आफ्ना खेलाडीहरूको प्रशंसा गरे। कप्तान कोहलीले भने, “हामी राम्रो र नराम्रो समयमा एक अर्काको साथ खडा भयौं। हामी एक इकाईको रूपमा राम्रो तरिकाले आएका छौं। म मेरो खेलाडीमा गर्व गर्दछु।

अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आईपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्राबधान रहेको छ ।

मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ । हैदराबादसँग हारेको बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety − eighty six =