नेपाली स्टार स्पिनर सन्दिप लामिछाने भन्छन् : ‘आफ्नो नियन्त्रण नहुने कुरामा धेरै सोच्न सकिँदैन’

काठमाडाैं, २३ कात्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

यो जितेमा दिल्लीले फाइनल खेल्न पाउनेछ । हारेमा दिल्लीका लागि अन्तिम खेल हुनेछ । दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने भने सबै खेलमा बेन्चमै बसेका छन् । दिल्लीसँग स्पिनरहरुको अभाव नहुँदा सन्दिपले १५ खेलमा कुनै मौका पाएनन् ।

यस्तो अवस्थामा लामिछानेले अन्तिम विश्वास भन्दै ट्वीट गरेका छन् । उनले ट्वीटमा जीवनको ठूलो सिकाइ भन्दै लेखेका छन् । ‘आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं,’ लमिछानेले लेखेका छन् । आजकाे खेलमा पनि सन्दिप प्लेइङ- ११ मा पर्ने सम्भावना न्यून छ । किनभने दिल्ली जित्नैपर्ने दबाबमा छ । आजको खेलमा जित निकाल्दै दिल्ली आईपीएलमा इतिहास रच्‍ने योजनामा छ ।

दिल्लीको कमजोरी बलिङभन्दा पनि ब्याटिङ हो । त्यसैले खेलाडी परिवर्तन गर्दा पनि ब्याटिङलाई ध्यानमा राखेर गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा दिल्लीका ब्याट्सम्यान र बलर दुबैले कमजोर प्रर्दशन गरेका थिए ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × one =