
काठमाडौं : अमेरिकी राष्ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्र’म्पलाई लिएर अर्को द:खद समाचार आएको छ। समाचार अनुसार ट्रम्प एक अर्को ठूलो संकटमा फस्ने अवस्था आएको छ । राजनीतिक करियरमा ठूलो झट्का भोगेको केही घण्टापछि नै उनको परिवारिक जीवन पनि सं’कटमा परेको खबर आएको हो। ट्रम्प प्रशासनका एक पूर्व सहयोगीका अनुसार मेलानिया ट्रम्पसँग सम्बन्धविच्छेदका लागि पति ह्वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा छिन् । यो समाचार बेलायतको चर्चित पत्रिका डेली मेल सहितले छापेका छन्।
ट्रम्प दम्पत्ति अलग थिए : संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पका वरिष्ठ सलाहकारका रुपमा नियुक्त भएकी उनकी पूर्वसहयोगी स्टेफनी वोल्कोफका अनुसार यी दम्पती व्हाइट हाउसमा पनि अलग अलग बेड रुममा सुत्थे। बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै थियो।
एक अन्य पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानका अनुसार यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब समाप्त भएको छ । ‘मेलानिया अहिले बिति रहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बाहिर निस्किएपछि डिभोर्स दिने प्रतीक्षामा छिन, उनले भनेका छन्। सन् २०१६ मा डोनाल्ड ट्रम्पले निर्वाचन जित्दा मेलानिया रोएकी थिइन् किनकि उनलाई पतिले जित्नेमा विश्वास नै थिएन। मेलानियासँग जोडिएको यो कुराको दाबी स्वयम् उनकी निकट साथीले गरेकी हुन्।
तर ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहिन्। तर पनि कयौँ यस्ता घटना भए जसले गर्दा यी दुई बीचको स’म्बन्ध कहिल्यै सुमधुर हुन सकेन। यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो। यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ।