फाईनल अगाडि नै सार्वजनिक भयो दुबै टिमको संम्भावित ईलाभेन, सन्दिपको नाम निशाना छैन

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ। उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल राति पौने आठ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो भने दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको हो। यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ। मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन्।

तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ । उसले दिल्लीलाई पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो । मुम्बईका इशान किशन, क्विन्टन डिकक, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव राम्रो लयमा छन् । उसका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले लगातार घातक बलिङ गरिरहेका छन् ।

दिल्लीले सुरुवातका म्याचमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा खराब लय समातेको थियो । यद्यपि क्वालिफायर-२ मा हैदराबादविरुद्ध भने दिल्लीले फेरि लय देखाएको छ । हैदराबादविरुद्ध शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडाले शानदार प्रदर्शन गरेका थिए । फाइनलमा पनि त्यही लय कायमै राखे मुम्बई र दिल्लीको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ ।

मुम्बईको सम्भावित प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन/ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

दिल्लीको सम्भावित प्लेइङ- ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेल/प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty nine + = fifty nine