
काठमाडौं : लोकप्रिय संचारकर्मी रबि लामिछाने दम्पति को’रोना संक्रमण मुक्त भएका छन । केही बेर अघि मात्र गरिएको दुबै जनाको PCR रिपोर्ट नेगेटिभ आएको रबि लामिछानेले जानकारी दिएका छन् । १४ दिनको कठिन आइशोलेशन बाट आज मुक्ति मिलेको रबि लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनले विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा धन्यबाद प्रकट गरेका छन् । निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने डाक्टरहरुप्रति आभार प्रकट गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्- १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।