सन्दिपले बिग ब्यास लिग खेल्ने लगभग पक्का, कुन टिमबाट खेल्छन् त ?

एजेन्सी : अष्ट्रेलियाका फाष्ट बलर मिचेल स्टार्स ६ वर्षपछि बिग बास क्रिकेट लिगमा फर्किएका छन् । आगामी डिसेम्बर १० बाट सुरु हुने बिग बासमा उनी सिड्नी सिक्सर्सबाट खेल्नेछन् । यद्यपि उनी इण्डियासँगको टेष्ट सिरिजका लागि अष्ट्रेलियन टिममा समेत रहेकाले बिग बासका अघिल्ला खेलहरुमा भने उनी उपलब्ध हुने छैनन् ।

अष्ट्रेलिया र इण्डियाबीचको क्रिकेट सिरिज २७ नोभेम्बरबाट सुरु भएर १९ जनवरीमा सकिनेछ । डिफेण्डिङ च्याम्पियन सिड्नीले १९ जनवरी पछि बिग बासमा लिग चरणका बाँकी तीन खेल खेल्नेछ । यस्तै इङ्ल्याण्डका जोनी ब्रेष्टो बिग बासमा पहिलो पटक अनुबन्धित भएका छन् । डेब्यु गर्ने क्रममा उनी मेलवर्न स्टार्समा आवद्ध भएका हुन् । साउथ अफ्रिकासँगको क्रिकेट सिरिजका कारण ब्रेष्टो क्रिसमस पछि मात्र बिग बासमा सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई अस्ट्रेलिया पुगेपछि १५ दिन क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ। तर अहिलेसम्म सन्दीपलाई कुनैपनि टोलीले आबद्ध गरिसकेका छैनन्। खेलाडीहरुलाई आबद्ध गर्नेक्रम जारी रहेकाले सन्दीपको सहभागिताबारे अझै केही भन्न सकिन्न। सन्दीपनिकट स्रोतका अनुसार उनले बिग बास खेल्ने निश्चितजस्तै छ तर कहाँबाट खेल्ने भन्ने पक्का मात्र नभएको हो।

स्रोतका अनुसार सन्दीप यो सिजन आईपीएलमा खेल्न पाएको भए बिग बास नखेल्ने ‘मुड’मा थिए। ‘ब्यस्त सेड्युलका कारण उनी परिवारसँग समय बिताउने बरु अन्य प्रतियोगिताहरुमा सहभागी हुने योजनामा थिए। तर आईपीएलमा अवसर नपाएपछि अब बिग बासमा खेल्नैपर्ने र राम्रो गरेर देखाउने दबाब बढेको छ’, सन्दीप निकट स्रोत भन्छ। अब सन्दीप बिग बासका लागि आबद्ध नभएसम्म उनको करियरलाई लिएर अनेक अड्कलबाजीहरु हुने निश्चित छ।

सन्दीपले आइपिएल खेल्न नपाउँदा आइपिएलको आगामी संस्करणमा भने असर पक्कै गर्नेछ। सन्दीपको दिल्लीसँगको सम्झौता यसै सिजनबाट सकिएको छ। अब आउने सिजन सन्दीप फेरि अक्सनबाट टिममा अनुबन्धित हुनुपर्ने हुँदा उनलाई अन्य टिमले नकिन्न सक्छ। यसअर्थमा पनि यो सिजनको आइपिएल निकै महत्वपूर्ण थियो। तर खेल्नै पाएनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety three − eighty four =