बंगलादेशसामु नेपाल सधै निरिह, यस्तो छ दुबै टिमको ‘हेड टु हेड’

काठमाडौं । बंगलादेशसँग आज नेपालले पहिलो मैत्रीपूर्ण खेल्ने भएको छ । नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किन लागेको हो । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाकास्थित बंगबन्ध रंगशालामा आज दिउँसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो ।

आज बंगलादेशसँग खेल्न लागेको नेपालले ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ ।

एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ । पछिल्लो पाँच खेलमध्ये नेपालले बंगलादेशलाई तीन खेलमा जित हात पार्दा एक खेलमा बराबरी र एक खेलमा हारेको छ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली फुटबल टिमले शुक्रबार हुने खेलमा पनि शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। प्रशिक्षक महर्जन र कप्तान किरणले बंगलादेशविरुद्ध जित निकाल्ने प्रि–म्याच कन्फ्रेन्समा बताएका छन्।

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two + = sixty five