यी ६ अंगमा भुलेरपनि नलगाउनुहोस् हात, हुनसक्छ यस्ता असर

काठमाडौं : आफ्नै स-साना गल्ती, नराम्रो बानीले गर्दा हामी रोगको शिकार हुनसक्छौँ । शरीरको कुनै भाग यस्तो संवेदनशील हुन्छ, जहाँ हात
लागउँदा तपाईलाई समस्या आउनसक्छ । कुन अंगमा हात लगाउदा के नोक्सान हुन्छ ।

कानमा : आफ्नो कानमा औँला तथा कुनै पनि कुरा घुसाउनहुँदैन । यसरी कानमा कुनै पनि चिज घुसाउँदा कानभित्रको झिल्ली फुट्न सक्छ ।

अनुहार : हात पटक–पटक अनुहारमा लगाउने बानी हुनसक्छ । तर हातको औँलाबाट अनुहार टाढा राख्नुपर्दछ । हातको औँला रोगका किटाणु भएको ठाउँमा पनि राखिएको हुन्छ । यसकारण हात अनुहारमा राख्दा तपाईंलाई असर गर्नसक्छ ।

नि-तम्बमा हात नराख्नु : धुन तथा पुछ्नुबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । यहाँ जीवाणु पाइन्छ जुन हानिकारक हुनसक्छ । यदि कुनै कारण तपाईं नितम्ब छुनुभयो भने तुरुन्तै हात धुनुपर्छ ।

आँखा : आँखामा केही पर्याे भने वा धुने बेलामा मात्र हात लगाउनुहोस् । अन्यथा हात आँखामा पुर्याउन तथा चलाउनुहुँदैन । तपाईं यसो गर्नुहुन्छ भने आँखामा हानिकारक जीवाणु प्रवेश गर्नसक्छ । यसले तपाईंको आँखामा असर पार्न सक्छ । त्यसैले कहिल्यै पनि आँखामा छुने चलाउने गर्नुहुन्न ।

मुखमा : तपाइ पटक–पटक हातका औंला मुखमा लाने गर्नुहुन्छ, अधिकांशको बानी यस्तै हुन्छ । तर युकेको एक अध्ययन अनुसार मुखमा औंला राख्ने बानीले गर्दा एकतिहाइ किटाणु शरीरभित्र प्रवेश गर्ने देखाएको छ ।

नाकमा : आफ्नो नाकमा औंला राख्दा शरीरमा स्टाफाइलोकाकस आरस नामक ब्याक्टेरिया प्रवेश गर्ने बढी सम्भावना हुन्छ । यो एक खतरनाक ब्याक्टेरिया हो । यसले शरीरको जुनसुकै भागमा असर गर्न सक्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = four