खुशीको खबर ! नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो

काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्षको लागि थप गरेको छ । कोरोना महामारीका कारण एक बर्ष सम्म खेल गतिविधी हुन नसक्दा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको एकदिवसीय मान्यता थप एक बर्ष बिस्तार गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को आज जारी वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराएका हुन् । नेपालले २०१८ मा जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपाल उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

४ बर्षका लागी प्राप्त गरेको मान्यता २०२२ मार्चमा समाप्त हुने थियो । तर एक बर्ष मान्यता थपिँदा नेपाल २०२३ सम्म ओडीआई मान्यता प्राप्त देश हुने छ । विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग २ समेत कोरोनाको कारण स्थगित भएको कारण मान्यता थप गरीएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 46 = fifty six