बधाई ! पारस खड्का ‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा

काठमाण्डौ : नेपालका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एसोसिएट प्लेअर अफ द डिकेड (दशककै एसोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् । आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका छन् ।

मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला छन् । पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दै एकदिवसीयको पनि मान्यता पाएको थियो ।

मनोनयनमा परेकालाई आईसीसीको साइटमा गएर भोट गर्न सकिनेछ । आईसीसीकै मेन्स प्लेअर अफ द डिकेड, वुमन्स प्लेअर अफ द डिकेड, मेन्स टेस्ट प्लेअर अफ द डिकेड, मेन्स ओडीआई प्लेअर अफ द डिकेड, वुमन्स ओडीआई प्लेअर अफ द डिकेड सार्वजनिक भएको छ ।

साथै मेन्स टी–२० प्लेअर अफ द डिकेड वुमन्स टी–२० प्लेअर अफ द डिकेड, वुमन्स एसोसिएट प्लेअर अफ द डिकेड र स्प्रिट अफ क्रिकेट अवार्ड अफ द डिकेडको पनि मनोनयन सार्वजनिक भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty nine = fifty nine