
पोखरा । देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा सहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमर सिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरो किलोमिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हि’न्दू धर्मको रक्षा गरौं, गणतन्त्र मु’र्दावाद, अ’खण्ड नेपाल जिन्दाबाद, राज संस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजा सहित पोखरा शहर परिक्रमा गरेका थिए। राजावादीको बाक्लो उपस्थिति रहेको र्यालीमा कास्की तथा छिमेकी जिल्ला स्याङ्जा र तनहुँबाट समेत सहभागिता रहेको थियो ।
अ’प्रिय घटना हुन नदिनका लागि कास्की प्रहरीले कोण सभा र र्यालीमा सुरक्षा मज बुत बनाएको थियो । ०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालिन ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली ….’१४ वर्षपछि पोखरामा घन्किएको छ । यो राष्ट्रिय गान ४४ वर्षसम्म निरन्तर हरेक सार्वजनिक समारोह र विद्यालयमा समेत प्रयोग गरिन्थ्यो । जसलाई चक्रपाणी चालिसेले रचना गरेका हुन् ।
यसअघि आफूलाई राजावादी र हिन्दूवादी मान्ने नेता कमल थापाले समेत कुनै पनि कार्यक्रममा ‘श्रीमान गम्भीर… ’लाई सम्झने कोसिस गरेका थिएनन्। तर बुधबार पोखरामा आयोजित विशाल ¥याली पछिको कोणसभाको सुरुमै उद्घोषकले राष्ट्रवादी गायकका रुपमा प्रयत्न श्रेष्ठलाई बोलाए । त्यसपछि भने प्रयत्नले सुरुमै देशका लागि भन्दै श्रीमान गम्भीर नेपाली….. बाट आफ्नो प्रस्तुती सुरु गरे । त्यसलगत्तै उनले ‘रातो र चन्द्र सुर्य जंगी निशान…’ हाम्रो गाए ।