फिफा बर्षको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक, को-को परे ?

एजेन्सी । विश्व फुटबल महासंघ फिफा बर्षको उत्कृष्ट खेलाडी अर्थात फिफा द बेष्ट अवार्डका लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नेयमार, मोहम्मद सलाह, भिर्गिल भान डायक, थिएगो अलकान्त्रा, केभिन डी ब्रुइन, साडीयो माने, रोबेर्ट लेवान्दोस्की, सर्जियो रामोस परेका छन ।

यस्तै महिला तर्फ पनि फिफाले ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा लुसे ब्रानी, डेलफिनी कास्कारीनो, कारोलिन ग्राहम, पेरनीली हारदेर, जेनिफर हेरमोसो, जी सोङ योन, साम केर, साकी कुमागे, जेसिनफिर मारोज्सन, भिभिनी मेइडीमा, विन्डी रेनार्ड छन । फिफाको उत्कृष्ट गोलकिपरमा महिलामा ६ खेलाडी र पुरुषमा ६ खेलाडी मनोनयनमा परेका छन । जसमा महिलामा जर्मनीकी एना काटरिन, फ्रान्सकी सराह बोउहाडी, चिलीकी क्रिस्टिनी इन्डलेर, स्विडेनकी हेडभिग, अमेरीकाकी एलिसा नेइहर र इंग्ल्याण्डकी इली रोइबुक छिन ।

यस्तै पुरुषमा ब्राजिलका एलिसोन बेकर, बेल्जियमका थियोबाउट रोर्टियस, कोस्टारिकाका केलोर नाभास, जर्मनीका मानुयल निउर, स्लोभानियाका जान अब्लाक र जर्मनीका मार्क स्टेगेट रहेका छन । यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा ५ जना रहेका छन भने पुस्कार अवार्डका लागि लुइस स्वारेजसहित ११ जना रहेका छन ।

यो सबै मनोनयनबाट फिफा डिसेम्बर ११ मा शिर्ष तीन जनाको नाम सार्वजनिक गर्नेछ । शिर्ष तीनमा पर्ने खेलाडीका लागि भोटिङ डिसेम्बर नौ तारिखसम्म रहेको छ । फिफाले डिसेम्बर १७ ताखिरमा यो अवार्डको घोषणा गर्नेछ । तर यसपटक यो अवार्ड कार्यक्रम भर्चुअलको माध्यमबाट हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty three = twenty four