अष्ट्रेलियाबिरुद्धको दोस्रो वनडेमा भारतले बनायो यस्तो लज्जाष्पद रेकर्ड जो कुनै टिमले बनाउन चादैनन्

काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । आइतबार भएको दोस्रो एकदिवसीय खेलमा पनि सहज जित निकाल्दै अष्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गर्दै सिरिज जितेको हो । सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाले जितका लागि दिएको ३९० रनको लक्ष्य भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३३८ बनाएको हो ।

यो खेलमा भारतीय टिमले एउटा खराब कीर्तिमान समेत बनाएको छ । यो खेलमा अष्ट्रेलियाका ओपनर डेबिड वार्नर र कप्तान एरोन फ्रिन्चले १४२ रनको साझेदारी गर्दै लगातार तेस्रो पटक वानडेमा विपक्षी टिमलाई पहिलो विकेटका लागि शतकीय साझेदारी बनाउन दिएको खराब कीर्तिमान भारतले बनाएको हो ।

हालसम्म भारतविरुद्ध वानडेमा लगातार तेस्रो पटक विपक्षी टिमले पहिलो विकेटका लागि शतकीय साझेदारी बनाएको थिएन । तर, २०२० मा भारतीय टिमले यो खराब कीर्तिमान बनाउन पुग्यो । अष्ट्रेलिया टिमका ओपनरद्वय आरोन फिन्च र डेविड वार्नरले जारी वानडे सिरिजको पहिलो विकेटका लागि दुई खेलमा लगातार शतकीय साझेदारी बनाए ।

यसअघि २०२० मै न्यूजिल्याण्डका मार्टिन गुप्टिल र हेनरी निकोलसको जोडीले भारतिय बलरहरुको धुलाई गर्दै पहिलो विकेटका लागि १०६ रनको साझेदारी गरेका । अष्ट्रेलियामा जारी वानडे सिरिजको पहिलो खेलमा पनि भारतविरुद्ध फिन्च र वार्नरले पहिलो विकेटका लागि १५६ तथा दोस्रो म्याचमा १४२ रनको साझेदारी गरेका थिए । यसरी भारतले नचाहादा नचाहादै एउटा खराब रेकर्ड बनाउन सफल भयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − sixty two =