
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ७ सय रुपैयाले घटेको हो ।
आइतबार प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box