म्याक्सवेल र क्यारीले किर्तिमानि साझेदारी गरेपछि अष्ट्रेलियाले जित्यो वनडे शिरिज

काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।

इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियाको जीतमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १०६ रन जोड्दा म्याक्सवेलले १०८ रनको योगदान गरे ।

म्याक्सवेल र क्यारीले छैटौं विकेटका लागि २१२ रनको साझेदारी गरेका हुन्।जुन अष्‍ट्रेलियाका ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेतमा छैटौं विकेटका लागि गरेको उच्च साझेदारी हो। यसअघि २००६मा ब्राड हेडिन र माइक हसीले वेष्ट इन्डिजविरुद्ध १६५ रनको रनको साझेदारी गरेका थिए।

केरीको पहिलो एक दिवसीय शतक पनि हो । ७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए ।

इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । उनले १ सय १२ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले तीन तीन विकेट लिए । एजेन्सी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = one