आईसिसीको नयाँ बरियता सार्वजनिक ! वनडेमा ईङ्ल्याण्ड नम्बर एक, नेपालको स्थान कहाँ ? हेर्नुस

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निकालेको नयाँ वरीयातामा नेपाल यथावत छ । आइसिसीले आइतबार निकालेको वरीयातमा नेपाल एकदिवसीयमा १६ औं र टि–२० मा १५ औं स्थानमा यथावत रहेको हो । नेपालले एकदिवसीयमा १८ तथा टि–२० मा १८० रेटिङ प्वइन्ट पाएको छ । यसअघि नेपालले प्राप्त गरेको उत्कृष्ट वरीयतामा एक दिवसीयमा १४ औं र टि–२० मा ११ औं स्थान हो ।

एकदिवसीयमा १२३ रेटिङ प्वइन्ट पाएको इङ्ल्यान्ड शीर्ष स्थानमा छ । भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बङ्गलादेश, श्रिलंका, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः दोस्रोदेखि १० औं स्थानमा छन् ।

टि–२० मा २७५ रेटिङ प्वइन्ट पाएको अस्ट्रेलिया शीर्ष स्थानमा छ । इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रिलंका, बङ्गलादेश, अफगानिस्तान र वेस्ट इन्डिज क्रमशः दोस्रोदेखि १० औं स्थानमा छन् ।

नेपालले गएको फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्व लिग–२ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणामत्क सिरिज खेले यता एकदिवसीय अन्तर्राष्टिय खेल खेलेको छैन । यस्तै मार्चमा थाइल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि–२० खेले यता टि–२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

एकदिवसीय खेलाडीको वरीयातमा शीर्ष १०० भित्र कुनै नेपाली खेलाडी परेका छैनन् । टि–२० को ब्याटिङतर्फ पूर्वकप्तान पारस खड्का ७० औं तथा बलिङतर्फ सन्दीप लामिछाने ८३ औं स्थानमा छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × six =