
काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको छ ।
सोमबार छापावाल सुन तोलामा ९२ हजार ६०० रूपैयाँमा कारोबार भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज ३० रूपैयाँले बढेको छ । चाँदीको मूल्य सोमबार एक हजार २०५ रूपैयाँ तोकिएकोमा आज १ हजार २३५ कायम गरिएको छ ।
Facebook Comments Box