
काठमाडौँ : कोरोना महामारीका कारण ८ महिनादेखि बन्द पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) बिहान क्षमा पूजा गरिँदै छ। बन्द गर्नुपरेका कारण क्षमा माग्न क्षमा पूजा गर्न लागिएको हो।
त्यसपछि भोलि (पुस १ गते) देखि स्वास्थ्य सुरक्षाका नियम अपनाएर भक्तजनका लागि मन्दिर खुला गरिनेछ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट पस्ने र निस्किने गरी दर्शनको व्यवस्था मिलाइएको छ।
भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। तर अहिले नै मन्दिरभित्र विशेष पूजा, भजनलगायत क्रियाकलाप भने गरिने छैन। मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने जारी नै छन्।
Facebook Comments Box