एउटा पनि खेल नहारी नाइट राइडर्सले चौथो पटक जित्यो सीपीएलको उपाधि

काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । गएराति भएको फाइनल खेलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै ट्रिनबागोले चौथोपटक उपाधि जित्‍न सफल भएको हो । यो सिजन उत्कृष्ट लयमा रहेको ट्रिन्बागोले समूह चरणका १० खेल, सेमिफाइनल र फाइनल गरी लगातार १२ खेलमा अपराजित रहँदै उपाधि जितेको हो।

ब्रायन लारा क्रिकेट एकेडेमी सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य पछाएको ट्रीनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । ट्रीनबागोका लागि लिंडे सिमन्सले अविजित ८४ रन बनाए भने डेरेन ब्राभोले ब्राभोले ५८ रन बनाएका थिए । त्यस्तै टिओन वेबस्टर ५ रन बनाएर आउट भएका थिए भने टीम सेइफर्ट ४ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । लुसियाका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए भने मार्क डेयलले २९ र नजिबुल्लाह जाद्रानले २४ रनको योगदान दिए । बलिङमा ट्रिन्बागोका कप्तान काइरन पोलार्डले ४ विकेट लिए। फवाद अहमेद र अली खानले २-२ विकेट लिए।

सिमन्स खेलको म्यान अफ द म्याच घोषित भए भने म्यान अफ द सिरिज पनि ट्रिनबागोकै कप्तान कायरन पोलार्ड भए । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सिमन्स नै हुन् भने सर्वाधिक विकेट सेन्ट लुसियाका स्कट कुग्‍लिनले लिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 80