यु–१९ विश्वकप खेल्न नेपालले एसिया छनोट पार गर्नु पर्ने

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लेसन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक भएको छ।

आइसीसीले आइतबार छनोट तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट जित्नुपर्ने छ। सन् २०२१ मा युएईमा हुने एसिया छनोटको उपाधि नेपालले जिते विश्वकपमा स्थान बनाउनेछ।

आइसीसीले सार्वजनिक गरेको छनोट तालिका अनुसार नेपाल सिधै एसिया छनोटमा पुगेको छ। नेपालसँगै मलेसिया र युएई पनि सोझै एसिया छनोटमा पुगेका छन्। बाँकी दुई टोली रिजनल छनोटबाट आउने छन्। जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड खेल्ने छन्। छनोट प्रतियोगिताको मिति भने तय भएको छैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty five − = twenty eight