रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसकेपछि युभेन्टसले जित्न सकेन

काठमाडौं : इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फेरि बराबरीमा रोकिएको छ। युभेन्ट्सलाई बुधबार राति भएको खेलमा एटलान्टाले १-१ गोलको बराबरीमा रोकेको हो। जारी सिजनको लिगमा युभेन्ट्सले १२ खेल मध्ये ६ खेलमा बराबरीमा खेलेको छ।

बुधबार युभेन्ट्सले फेडेरिको चिएसाको गोलबाट २९ मिनेटमा अग्रता लियो। उनलाई गोल गर्न बेन्टाकुरले पास उपलब्ध गराए। ५७ मिनेटमा एटलान्टाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि रेमो फ्रयूलरले बराबरी गोल गरेका थिए।

त्यसको चार मिनेटपछि युभेन्टसले पेनाल्टी प्रहारको अवसर पाएको थियो। युभेन्ट्सका चिएसालाई फलउ गरेपछि प्राप्त पेनाल्टी स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रहार गरेका थिए। तर एटलान्टाका गोलकिपर गोलिनीले रोनाल्डोको प्रहारलाई बिफल पारिदिए। गोलिनी जनावरी २०१९ पछि रोनाल्डोको पेनाल्टी विफल पर्ने पहिलो गोलकिपर बने।

लिगको अन्य खेलमा शीर्ष स्थानको एसी मिलानलाई जिनोआले २-२ गोलको बराबरीमा रोकेको छ। दोस्रो स्थानको इन्टर मिलानले नेपोलीलाई १-० ले हराएको छ। लिगको अंक तालिकामा एसी मिलान १२ खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको इन्टरको २७ अंक छ भने युभेन्ट्स २४ अंक जोडेर तेस्रो स्थानमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six ÷ = three