
काठमाण्डाै : सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Facebook Comments Box