भारतिय बलरसामु अष्ट्रेलिया निरिह, सस्तैमा झर्यो अष्ट्रेलियाको ७ विकेट

काठमाडौं । भारत र अष्ट्रेलियाबिच सुरु भएको ‘बक्सिङ डे’ टेस्ट म्याचमा भारतले शानदार सरुवात गरेको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको भारतले अष्ट्रेलियाका सुरुवाति ५ विकेट झारिसकेको छ । यो खबर तयार गर्दासम्म अष्ट्रेलियाले ६५ ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको छ ।

चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् । ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् ।

भारतले गिललाई ओपनर पृथ्वी शा को ठाउँमा र सिराजलाई बलर मोहम्मद शामीको ठाउँमा मौका दिएको हो । विकेटकिपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् ।

पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अल आउट हुँदै भारत आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतले यसअघि एकदिवसीय र टी-ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २-१ एकदिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी जितेको थियो । चार टेष्ट खेलको श्रृङ्खला मा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

भारत : सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, रविन्द्र जडेजा, अजिंक्या रहाने (कप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रवीचन्द्रन आश्विन, उमेश यादव, मोहमद सिराज, जसप्रित बुमराह

अष्ट्रेलिया : जो बर्न्स, म्याथ्यु वेड, मार्नस लाबूसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रिन, टिम पेइन (कप्तान तथा विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 24