भारतियल बलरले अष्ट्रेलियालाई चटाए धुल, १९५ रनमै अल आउट

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया पहिलो इनिंगमा १९५ रनमा अल आउट भएको छ । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो दिन ७२.५ ओभर खेल्दै १९५ रन बनाउदा अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुचांगेले सर्बाधिक ४८ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले ३८ रन बनाए भने माथ्यु वाडेले ३० रन बनाएका थिए । त्यस्तै नाथन लियोनले २० रन बनाए भने कप्तान टीम पानेले १३ रन बनाए । अस्ट्रेलियाका स्टिभ स्मिथ र जोय बर्न्स शुन्यमा आउट भएका थिए ।

खेलमा भारतीय बलरले उत्कृष्ट बलिंग गरेका थिए । भारतीय बलर जसप्रित बुमराहले उत्कृष्ट बलिंग गर्दै ४ विकेट लिए भने आर आश्विनले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराजले २ र रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fourteen ÷ 2 =