पारसलाई पछि पार्दै ‘आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेड’ अवार्ड स्कटल्याण्डका काेट्जरलाई

काठमाण्डाै : आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेडकाे अवार्ड स्कटल्याण्डका कप्तान केइल काेट्जरले जितेका छन् । आइतबार आईसीसीले एक ट्वीट गर्दै काेट्जर विजेता भएकाे घाेषणा गरेकाे हाे ।

मनोनयनमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का परे पनि उनले अवार्ड जित्न सकेनन् । पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दै एकदिवसीयको पनि मान्यता पाएको थियो ।

आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका थिए । मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला परेका थिए ।

एक दशकमा स्कटल्याण्डबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका काेट्जरले दुई वर्षअघि पाेखरा राइनाेजबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि खेलेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = fourteen