अष्ट्रेलियन बलरको धुलाई गर्दै रहाणेले ठोके शानदार शतक (भिडियो हेर्नुस्)

काठमाडौं, पुस १२ : भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा भारतले पकड जमाएको छ। दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङ्ग्समा ८२ रनको अग्रता लिएको छ। पहिलो इनिङमा भारतले ५ विकेटको क्षतिमा २७७ रन बनाएर खेलिरहेको छ।

मेलवर्नमा भइरहेको खेलमा दोस्रो दिनको खेल सकिदा भारतका कप्तान अजिन्का राहाणे १०४ रन र रवीन्द्र जडेजा ४० रन बनाएर खेलिरहेका छन्। राहाणेले २०० बलमा १२ चौका हिर्काउँदा जडेजाले १०४ बलमा १ चौका हिर्काए।

त्यसअघि ओपनर मंयक अग्रवाल शून्यमा आउट हुँदा उनका पार्टनर शुभमान गिलले ४५ रन जोडे। चेतेश्वर पुजारा १७ रन, हनुमा बिहारी २१ रन र रिशव पन्त २९ रन बनाएर आउट भएका थिए। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्स र मिचेल स्टार्कले २-२ विकेट लिए।

त्यसअघि अस्ट्रेलिया पहिलो इनिङ्ग्समा १९५ रनमै अलआउट भएको थियो। अस्ट्रेलियाका लागि पहिलो इनिङ्ग्समा मार्नस लाबुसेनले सबैभन्दा बढी ४८ रन जोडे। त्रभिस हेडले ३८ रन र म्याथ्यु वेडले ३० रनको योगदान दिए।

अस्ट्रेलियालाई सस्तोमा समेट्ने क्रममा भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए। आस्विनले ३ विकेट लिए भने डेब्यू खेलाडी मोहमद सिराजको नाममा २ विकेट रह्यो। रवीन्द्र जडेजाले १ विकेट हात पारे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = three