
काठमाण्डाै : सुनको भाउ मङ्गलबार (आज) एकैदिन आठ सय रुपैयाँले घटेको छ । साेमबार (हिजो) सात रुपैयाँले बढेर तोलाको ९४ हजार नाै सय रुपैयाँमा पुगेको सुनको भाउ आज ९४ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार नै स्थिर नभएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार अहिले सुनको भाउ घटबढ हुनुमा कुनै ठोस कारण छैन । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
Facebook Comments Box