
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै ना’गरिकलाई निःशुल्क कोरोना भ्या’क्सिन उपलब्ध गराउने बताएका छन् ।आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड– १९ को भ्याक्’सिन पा’रदर्शी ढंगले खरिद गरी सबै ना’गरिकलाई निःशुल्क उपलब्ध गराउने अ’ठोट व्यक्त गरेका हुन् ।
कुनै पनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनै पनि ढंगले अ’पारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफूलाई प्र’भावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत बताए। उनले कुनै पनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकाले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरूलाई आ’ग्रहसमेत गरे ।‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अ’ठोटका साथ अगाडि बढ्छौँ ।
पारदर्शी ढंगले, कुनै पनि प्रो’कुरमेन्ट, कुनै पनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन’ उनले भने, ‘चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस प्र’भावित जो जतिसुकै होस् तर म ॐ पनि लेख्दिनँ। मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो ।यो मान्यतालाई साथ दिन यहाँहरूसँग आग्रह गर्न चाहन्छु ।’
मन्त्री त्रिपाठीले मन्त्रालयको कार्यक्षेत्रभित्र कसैको ह’स्तक्षेप सहन नसक्नेसमेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चि’न्ता गरेमा कुनै पनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले जोड दिए । उनले छलफल र बैठकभन्दा पनि काम बढी गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।