मेसी हैन रोनाल्डो सर्वकालिन महान् फुटबलर

एजेन्सी : क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालिन महान् खेलाडीमध्ये एक हुन्। फुटबल जगतमा कीर्तिमानका चाङहरु बनाएका रोनाल्डोलाई गोल मेसिनको रुपमा पनि व्याख्या गरिन्छ। संघर्ष र कडा परिश्रमले फुटबलमा स्मरणीय यात्रा गरिसकेका रोनाल्डो हालै मात्र शताब्दिकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।

पोर्चुगलका स्ट्राइकर रोनाल्डो ‘ग्लोबो सोकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दी सेन्चुरी’ अवार्ड हासिल गरिसकेका छन्। दुबईमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डोले ‘प्लेयर अफ दी सेन्चुरी’ अवार्ड जितेका थिए।

अवार्डमा ३५ वर्षीय रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी, ब्राजिलका रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै सो अवार्ड जिते। आयोजकले सन् २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको थियो।

राेनाल्डाे युईएफए च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। ५ पटक बालोन डी ओरको उपाधि जितेका रोनाल्डोले फिफा क्लब विश्वकपमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी हुन्। रोनाल्डो लगातार चार क्यालेण्डर वर्षमा ६० वा सो भन्दा बढी गोल गर्ने एकमात्र खेलाडी हुन्।

त्यस्तै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै ह्याट्रिक गर्ने खेलाडी हुन्। एकै वर्षमा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान रोनाल्डोकै नाममा छ। उनले सन् २०१७ क्लब र देशका लागि ३२ गोल गरेका छन्।

युरोपियन फुटबलमा रोनाल्डोले आफूलाई कीर्तिमानको शिखरमा पुर्‍याएका छन्। उनी चयाम्पियन्स लिगमा फ्रिकिकबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। त्यस्तै, रोनाल्डो युरोपका टप ५ लिगमा एउटै क्लबका लागि सबैभन्दा छिटो ३ सय ५० गोल गर्ने खेलाडी हुन्।

रोनाल्डाले सबैभन्दा धेरैपटक युइएफ उत्कृष्ट खेलाडीको अवार्ड, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, च्याम्पियन्स लिगको नकआउट चरणमा ब्याक टु ब्याक ह्याट्रिक गर्ने खेलाडी हुन्। पोर्चुगलको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा हालसम्म रोनाल्डो नै रहेका छन्। उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने विश्वको दोस्रो पुरुष खेलाडी हुन्।

माथि उल्लेखित तथ्यहरु रोनाल्डोले फुटबल करियरमा हासिल गरेका केही उपलब्धिहरु हुन्। ३५ वर्षको उमेरमा पनि रोनाल्डोले फुटबल मैदानमा गर्ने प्रदर्शनमा कमी आएको छैन। यसकारण रोनाल्डोलाई विश्व फुटबलको सर्वकालिन महान् फुटबलर मानिन्छ। (एजेन्सीकाे सहयाेगमा)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + three =