काठमाडौं : नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन । आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत कटौती हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुनेछ । विद्युत कटौती हुने स्थानबारे हेर्नोस् प्राधिकरणको सूचना
Facebook Comments Box