भारतलाई थर्काउने नेपालकै पहिलो प्रधानमन्त्री ओली : कालापानी, लिपुलेक नेपालकै हो ( हेर्नुस भिडियो )

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो । उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियताको भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढंगले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभयो ।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गर्नुभयो ।

भारत र चीनबीच समस्यारहित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चुनाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दावी गर्नुभयो । आफ्नो पार्टीले अध्यावधिक बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen + = twenty four