पारस खड्काको बाग्मती प्रदेश र नेपाल पुलिस बिचको खेल सुरु ( हेर्नुस लाईभ भिडियो )

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ।

त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको कप्तानी बिनोद भण्डारीले गरेका छन् भने कर्णालीको कप्तानी रविन्द्र शाहीले गरेका छन्।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: एपीएफको विजयी सुरुवात

अविनाश बोहराको सानदार बलिङमा सशस्त्र प्रहरी बल एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकलाई १ सय ३५ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गरेको छ । त्रिवि खेल मैदानमा भएको खेलमा प्रदेश एकले टस जितेर पहिले फिल्डिङ रोजेपछि एपिएफ ब्याटिङमा उत्रिएको हो । ४८ दशमलव ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै एपिएफले २ सय ४३ रन बनायो । ओपनर सुबाश खकुरेल र आशिफ शेखले पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरे ।

सुबाशले आशिफलाई साथ दिए र आशिफले आक्रमक ब्याटिङमा जोड दिए । यो क्रममा उनले अर्धशतक पुरा गरे । ३२ बलको सामना गर्दै छ चौका र ५ छक्कासहित ५९ रन जोडी टिमलाई राम्रो सुरुवात दिलाउँदै पहिलो विकेटको रूपमा आउट भए । लगतै सुबाश १९ रनमा, अनुभवी सरद भेषावकर २० रनमा प्रदीप ऐरी ७ रनमा र सुमित महर्जन १४ आउट भए । थप ५५ रन मात्र जोडने क्रममा एपिएफको चार विकेट गुम्यो । मिडल अर्डरका खेलाडीको प्रदर्शन फितलो रहयो। तर वसन्त रेग्मी र सन्दीप जोराले सम्हालिदै छैठौं विकेटकोलागि ६६ रनको साझेदारी गरे। वसन्त रेग्मी ४० र वसन्तले ३० रन बनाए । यसरी एपिएफले २४३ रन बनायो ।

बलिङमा फिर्दोस अन्सारी, हेमन्त राई र श्रवण यादवले दुई दुई विकेट झारे । जवाफमा २ सय ४४ रनको वजय लक्ष्य पछ्याएको प्रदेश एक ४२ दशमलव ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र एक सय ८ रनमा समेटियो । एपिएफका बलरसामु प्रदेश एकका खेलाडीहरू निरिह बने । ओपनरद्वय दिपक पासवान १३ र मनिस थापा १८ रनमा आउट भए । यसपछि पनि विकेट पतन सिलसिला जारी रहयो । टपसँगै मिडल अर्डर नराम्ररी धर्मराउदा कुनैपनि समय ठुलो साझेदारी बन्न सकेन । छ खेलाडीले दोहोरो रन छुन सकेनन । दोहोरो रन बनाएका खेलाडीको पनि स्कोर निराशाजनक रहयो ।

एक सय आठ रनमा समेटियो । बलिङमा अविनाश बोहरा नायक बने । उनले १० ओभर बलिङ गरी ६ मेडन सहित १८ रन मात्र खर्चेर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले दुई तथा सरद भेषावकर र किशोर महतोले एकएक विकेट लिए । एपिएफले सानदार सुरुवात गरेको छ भने भोली त्रिबि मैदानमा नेपाल प्रहरी र वाग्मती प्रदेश तथा मुलपानी खेल मैदानमा नेपाली सेना र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 25 = thirty five