
काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको अवस्थाप्रति कडा टिप्पणी गरेका छन्।
भारतले बिहीबार १० लाख डोज कोरोना खोप उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालको दयनीय अवस्थाप्रति चिन्ता जाहेर गरेका हुन्।
‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो। ऐले कोरोना माहामारीविरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे,’ डा. भट्टराईले सामाजिक सञ्जालमामा लेखेका छन्, ‘बाँकीलाई कहिलेसम्म होला ? कता हात थाप्ने होला ? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ।’
Facebook Comments Box