नयाँ कोचले फितलो नेपाली ब्याटिङलाई कसरी सुधार गर्लान् ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी एक साताअघि नै नेपाल आए पनि क्वारेन्टिनमा बस्नुपर्ने भएपछि क्यानले केही ढिला गरी सार्वजसनक गरेको हो ।

श्रीलंकालाई विश्वकप जिताएको, टी–२० विश्वकप खेलेको र एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट सम्हाल्न आइपुगेका वाटमोर घरेलु क्रिकेटले पाएको अहिलेसम्मकै उच्च स्तरका प्रशिक्षक हुन् ।

बिहीबार सार्वजनिक भएका वाटमोरले कुनै ठुलो कुरा गरेनन् । सारमा उनले आफुले क्रिकेटमा प्राप्त अनुभव र सफलता नेपाली क्रिकेटमा लगाउने बताउँदै नेपालले प्राप्त गरेको एकदिवसीय मान्यतालाई सुदृढ गर्ने उल्लेख गरे । वाटमोरसँग नेपाली क्रिकेटको ठूलो आशा र अपेक्षा गरेको छ । अझ भनौ वाटमोरकै सफलता नेपाली क्रिकेटको भाग्य र भविष्य निर्धारण हुने निश्चित छ ।

केही गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला विश्वस्तरीय प्रशिक्षकको नियुक्ति र उनको आगमनले क्यानलाई केही हदसम्म राहत पक्कै दिनेछ । क्यान आफै पनि वाटमोरलाई ल्याउनु ठूलै पहलपछिको प्राप्ति मान्छ । यिनै वाटमोरसँग क्यानले तीन कुरामा जोड गरेको छ । एकदिवसीय क्रिकेट, ग्रासरुटदेखि नेपाली क्रिकेटको विकास र यु–१९ तथा महिला क्रिकेटको विकास । यी तीन मुख्य कुरामा टेकेर वाटमोरले नेपालमा क्रिकेटको विकासमा आफ्नो समय खर्चिनु पर्नेछ ।

तर, क्यानको गतिमा वाटमोरले काम गर्ने हो भने नेपाली क्रिकेटको कायपलट हुने सम्भावना देखिँदैन । करिब दुई दशक प्रशिक्षकको भूमिका निर्वाह गरेका वाटमोर विश्व क्रिकेटको ठूलो नाम हो । एक वर्षको सम्झौता गर्दै काठमाडौं ओर्लिएका वाटमोरलाई क्यानसँग मिलेर आफ्नो योजना नेपाली क्रिकेटमा लागू गर्नुपर्ने चुनौती छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty nine = ninety three