‘मेस्सी नखेल्दा पनि बार्सिलोना जितिरहेको छ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले प्रतिबन्धका कारण पछिल्लो दुई खेल गुमाए । स्पेनिस सुपर कप फाइनलमा एथ्लेटिक बिल्बाओविरुद्ध रातो कार्ड खाएपछि मेस्सी मैदानबाहिर रहनुपरेको थियो ।

अर्जेन्टिनाका पूर्व गोलरक्षक ह्युगो गाती मेस्सीको आलोचक मध्यम गनिन्छन् । उनी मेस्सीलाई राम्रो खेलाडी भएपनि विश्वकै सर्वश्रेष्ठ मान्न भने तयार छैनन् । अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि सफलता हासिल नगरेका कारण पनि मेस्सीसँग उनी सन्तुष्ट छैनन् । यसबीचमा गातीले मेस्सी र बार्सिलोनालाई जोडेर अर्को टिप्पणी गरेका छन् ।

गातीका अनुसार बार्सिलोनाले मेस्सी नहुँदा पनि बार्सिलोना जितिरहेको बताएका छन् । ‘जब मेस्सी खेल्दैनन्, बार्सिलोनाले जित हासिल गरेको छ । मेस्सी नहुँदा टोलीले आफ्नो अन्य शक्तिमा ध्यान दिइरहेको छ । त्यसैले जित हासिल गर्छ,’ उनले भने,’ फुटबल भनेको राम्रो खेल्ने र जित्ने हो । मेस्सीमै आधारित भएर खेल्दा जित पक्का हुँदैन ।’

मेस्सी बिना बार्सिलोनाले कोपा डेल रेमा कोर्नेलालाई २(० तथा एल्चेलाई पनि समान स्कोरले पराजित गर्यो । अब मेस्सी कोपा डेल रे को राउण्ड अफ ३२ अन्तर्गत बुधबार राती रायो भालेकानोविरुद्ध खेल्ने सम्भावना छ । त्यसपछि टोलीले आइतबार लिगमा एथ्लेटिक क्लबसँग खेल्नेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = twelve