सागमा पदक दिलाउने खेलाडी सरकारको पदकबाट टाढा

काठमाडौं-विश्वभर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पु¥याएका केही मानिस विभूषित भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहेका छन ।

दक्षिण एसियाकै मेगा इभेन्ट मध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु पदक तथा विभूषणबाट विभूषित भएका छन् ।

तर खेललाई नै जिवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआईपिए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ती पनि जारी गरेको छ । राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty seven + = ninety two