नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जानकारी दिएको हो ।

कोरोनाको बढ्दो प्रभावका कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित गरेको क्यानले जनाएको छ । सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।

यस्तै आईसीसीले अप्रिल र मेमा तय भएको पीएनजी, ओमान र स्कटल्याण्ड तथा पीएनजी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ । सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण समेत सुरु गरिसकेको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो ।

अब दोस्रो चरणको प्रशिक्षण भोलिबाट सुरु हुनेछ । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty ÷ 6 =