छक्काको बर्षात भएको खेलमा राजस्थानले चेन्नाइलाई १६ रनले हराँयो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो । उसका लागि सन्जु स्यामसनले ३२ बलमा ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाए । यसैगरी कप्तान स्टेभन स्मिथले ६९ रनको योगदान दिए । अन्तिम ओभरमा राजस्थानमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गर्दै ३० रन जोडेपछि राजस्थानले उच्च योगफल बनाएको हो । बलीङतर्फ चेन्नाईका साम कुरानले तीन विकेट लिए ।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो । चेन्नईका फाफ डु प्लेसिसले ७२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । जारी आईपिएलमा राजस्थानको यो पहिलो खेलमा पहिलो जित हो भने चेन्नाईको दुई खेलमा पहिलो हार हो । एजेन्सी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty one = twenty two