मुखमा लगाउनै नहुने १० कुराहरू = डा:प्रकाश आचार्य

काठमान्डौं : अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् । जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छरु त्यो हामीलाई थाहा हुन्न । यसै सन्दर्भमा अनुहारमा लगाउन नहुने दश कुराहरू के के हुन् त  ? आउनुस् छाला तथा यौन रोग विशेषज्ञ डा। प्रकाश आचार्यको कुरा सुनौँ ।

के के हुन् त अनुहारमा लगाउनै नहुने दश कुराहरु:

१। नुहाउने साबुन र स्याम्पो अनुहारमा प्रयोग गर्नु हुँदैन:

यसमा सल्फेट ९सोडियम लरेन्ट० भन्ने पदार्थ धेरै फिँज आओस भनेर प्रयोग गरिएको हुन्छ । जसले शरिर र कपालको फोहोर निकाल्न सहयोग गर्दछ । तर यसमा पिएचको मात्रा धेरै हुन्छ । हाम्रो अनुहारमा बढिमा पिएच मान ६ सम्म हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोगले हाम्रो अनुहार ज्यादै सुख्खा हुन गई मोस्चराइजर समेत घटाउँछ ।

२। धेरै तातो र धेरै चिसो पानीले मुख धुनु हुँदैन:

धेरै तातोरचिसो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर घटाउँदछ भने पिएच गडबढी गराउँदछ । मनतातो पानी वा तातो पानीबाट निस्केको वाफले मुख धुँदा उपयुक्त हुने गर्दछ ।

३। स्टेरोइड भएको क्रिमहरु अनुहारमा प्रयोग गर्नु हुन्न:

 

लामो समयसम्म स्टेरोइडको प्रयोगले अनुहारको छाला पातलो बनाई दिन्छ । यसको प्रयोगले छाला सेन्सेटिभ बनाउने तथा अनुहारका नसाहरू बाहिर निस्किने भएकाले अनुहार रातो देखिने हुन्छ ।

४। कागतीको रस अनुहारमा प्रयोग गर्नु हुन्न:

कागतीको रसमा भिटामीन सीको मात्रा धेरै हुने भएकाले अनुहारमा प्रयोग गर्नु उपयुक्त हुँदैन । कागतीको ९साइट्रिक एसिड० पिएच९२(३० न्यून हुने भएकाले अनुहारको पिएच गडबढी गराउँछ । कागतीको रस अनुहारमा लगाएर उज्यालोरघाममा निस्किँदा फाइटो फोटोडर्मा डाइटिस नामक एलर्जी हुने सम्भावना धेरै हुन्छ । जसको असर लामो समयसम्म ९पोष्ट इन्फ्लोमेन्ट्री हाइपरटेसन(पिआईएच० दाग बस्दछ । त्यसैले कागती खानु राम्रो हो तर अनुहारमा लगाउनु राम्रो होइन ।

५। वडी लोसन र मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुन्न:

छालामा लगाउने वडी लोसन मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबढी गर्दछ । तर अनुहार र शरिर दुवैमा प्रयोग गर्न मिल्ने लोसनरमोस्चराइजरले भने असर गर्दैन ।

६। नरिवलको तेल अनुहारमा प्रयोग गर्नु हुँदैन:

अनुहारमा डण्डीफोर र धेरै तेलआउने मानिसले झन् नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन । नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुने भएकाले अनुहारमा भएका तेलरपसिनाका ग्रन्थीहरुलाई ब्लक गरी दिन्छ ।

७। डेओडेरेन्ट, पर्फ्युम र हेअर स्प्रे अनुहारमा प्रयोग गर्नु हुँदैन:

प्राय जसो गर्मी महिनामा धेरै पसिना बउने मानसिहरूकले अनुहारम डेओडेरेन्ट लगाउने गरेको देखिन्छ । मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गरेको देखिन्छ । यस्ता वस्तुहरुमा अनुहारलाई हानी गर्ने धेरै रसायनहरू हुने गर्दछ ।

८। पेट्रोलियम जेल्ली अनुहारमा लगाउनु हुँदैन:

नेपाली बजारमा पाइने भ्यासलिन पेट्रोलियम जेल्लीको उदाहरण हो । यो अनुहारमा लगाउन उपयुक्त हुन्न । यसले अनुहारमा भएका तेलरपसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । विशेष गरी डण्डीफोर भएकाहरुले झन् लगाउनु हुँदैन ।

९। अनुहारमा हेअर कलर प्रयोग गर्नु हुँदैन:

अहिले हेअर कलर र आँखि भौँको कलर मिलाउन आँखिभौँमा पनि हेअर कलर प्रयोग गर्ने गरेको पाइएको छ । हेअर कलरमा अनुहारलाई एलर्जी गराउने रसायनहरु हुने भएकाले यसको प्रयोग गर्नु हुँदैन ।

१०। अनुहारमा टुथपेस्ट प्रयोग गर्नु हुँदैन:

डण्डीफोरका समस्या भएकाहरुले डण्डीफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने समस्या बढ्दछ ।

तसर्थ, एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र अनुहारमा कुन किसिमको मेकअप प्रोडक्ट प्रयोग गर्ने भन्ने निर्णय लिनु उचित हुने सल्लाह दिनुहुन्छ छाला तथा यौ,न रो,ग विशेषज्ञ डा। प्रकाश आचार्य ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy six − = seventy one