
काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० ले बढेको हो । शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य संथिर रहेको छ । शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमै कारोबार भएको छ ।
Facebook Comments Box