
काठमान्डौं : दुखले हरेक चोटि चुनौति दि रहेको हुन्छ ।दुखले जिन्दगी जिउन सिकाइरहेको हुन्छ ।दुख नगरि सुखको परिकल्पना पनि नगर्दा हुन्छ तर जिन्दगी भरिनै दुखै दुख को पीडा भने ४५ बर्षिय सीता परियारलाई मात्रै थाहा छ ।
पोखरा बेगनास तालको किनारामा छ सीता परियारको निवास ।पुरै शरीर जलेको र मागेर बिहान बेलुकाको छाक टार्ने उनको कथा एकदमै दर्दनाक छ ।भुडिभरि समेत आफुले कहिले पनि खान नपाएको बताउँछिन् सीता ।आफू सकिनसकि घिस्रिदै घिस्रिदै बाटोसम्म आएर माग्ने र सो मागेकोले आफ्नो गुजारा गर्ने बताउछिन् उनी।दुई आँखा मध्ये एक आखाले समेत नदेख्ने बताउँछिन् उनी ।
सोच्दा मात्रै पनि डरै लाग्छ घरमा बलिरहेको टुकि झरेपछि आगो सल्कियो र आगोले पुरै शरीर जलेको रहेछ सिताको ।शरिरको अधिक्तम भाग निश्क्रिय भैसकेको र केही भागहरु मात्रै चल्दा रहेछन् तरपनि बाचिरहेकि छिन् हासिरहेकि छिन् ।
हेर्नुस् भिडियो सामाग्री :