
काठमाडौं : नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । एमालेभित्र विवाद चर्किएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले गएको फागुन २८ गते एकलौटी रुपमा निर्णय गरेको थियो । सोही निर्णय खारेज गर्नुपर्ने माग खनाल–नेपाल समूहको छ । तर, ओली उक्त निर्णय खारेज गर्ने पक्षमा छैनन् ।
Facebook Comments Box