नेपालमा आज थप १ हजार ३ सय १३ संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ७० हजार नाध्यो

काठमाडौं, ९ असोज । मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =