पूरा भयो वर्षौँदेखि मेलम्चीको पानी काठमाडौं ल्याउने सपना, पहिलो चरणमा ४ करोड लिटर छोडियो

काठमाडौं : काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरू भएको छ । आइतवार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण शुरू गरिएको हो ।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षण पश्चात महाँकाल चौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले जनाएको छ ।

यससँगै मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी आजैबाट आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए ।

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

81 ÷ twenty seven =