आईपिएलको पहिलो खेलमा रोहित शर्मा र धोनीको भिडन्त, सन्दिप लामिछानेको खेल कहिले ? (तालिकासहित)

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो।

सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग चरणका ५६ खेलको तालिका सार्वजनिक गरिएको छ । पहिलो खेल सेप्टेम्बर १९ मा मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सबीच आबुधाबीमा हुनेछ।

सेप्टेम्बर महिनाभर हरेक दिन एक–एक खेल मात्रै हुने गरी तालिका बनाइएको छ । अक्टोबर लागेपछि शनिबार र आइतबार २–२ खेल हुनेछन् । यूएईको दुबई, अबुधाबी र सारजाहमा गरी तीन रंगशालामा खेल हुनेछ ।

नेपानका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटलले दोस्रो दिन किंग्स ११ पञ्जावको सामना गर्नेछ । कोरोना संक्रमणको महामारीका बीच सुरु हुन लागेको आइपीएलका लागि सबै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु करिब एक महिनाअघि देखि नै युएई पुगेर निश्चित समय क्वारेन्टाइनमा बसी प्रशिक्षणमा सहभागी भइरहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ = thirty five