भोलि संसद् बैठक बस्ने, सम्भावित कार्यक्रमहरु सार्वजनिक (हेर्नुहोस)

काठमाडौं : भोलि सोमबार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । त्यसका लागि संसद् सचिवालयले आजै सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

संघीय संसदका महासचिव डा: भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भोलिको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

हेर्नुहोस्, संसद् सचिवालयले सार्वजनिक गरेको भोलिको सम्भावित कार्यसूची :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

69 ÷ = twenty three