काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
आज नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “संविधानलाई मिच्ने क्रम जारी रह्यो भने छिट्टै अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।”
वैधानिक ढंगबाट बनेको नेकपालाई असंवैधानिक तरिकाले हटाएर पूर्व पार्टीहरू ब्युँत्याएको प्रचण्डले दाबी गरे ।
Facebook Comments Box