यो वर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा झर्‍यो ?

काठमाडौं : यस वर्षकै अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलवार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty one + = 54