स्वास्थ्य मन्त्रालयको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

काठमान्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वार्ता लिँदा अनिवार्य मास्क लगाउन संचारकर्मीहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रमहरुको समाचार बनाउँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।

आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्को प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौुं मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउन र भौतिक दूरी काम गर्न भनेको छ।

संक्र,मणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमा अस्पतालमा विरामी राख्ने ठाउँसम्म नहुने चेतावनी मन्त्रालयले दिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven ÷ = 77